घट्यो सुनको भाउ

Newslaya Home

घट्यो सुनको भाउ

सोमबार ३१, जेठ २०७८

काठमाडौँ । सोमबार (आज) पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।