पूर्वप्रधानमन्त्री खनाल फेरी बिरामी, नर्भिक अस्पताल भर्ना

Newslaya Home

पूर्वप्रधानमन्त्री खनाल फेरी बिरामी, नर्भिक अस्पताल भर्ना

सोमबार ३१, जेठ २०७८

इटहरी । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा फेरी समस्या आएको छ । उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ। खनालको स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले स्रोतले जनाएको छ। 

पूर्वप्रधानमन्त्री खनाललाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको हो। उनलाई यसअघि कोभिड–१९ को संक्रमण भएको थियो। त्यतिबेला पनि उनको नर्भिक अस्पतालमा उपचार गरिएको थियो।कोभिड–१९ मुक्त भएर घरमै आराम गरिरहेका खनाललाई पुनः स्वास्थ्य समस्या देखिएको हो।