इटहरीमा विवादित ह्युम पाइप हटाएर कल्भर्ट बनाउने सडक विभागको प्रतिबद्धता

Newslaya Home

इटहरीमा विवादित ह्युम पाइप हटाएर कल्भर्ट बनाउने सडक विभागको प्रतिबद्धता

आइतबार ३०, जेठ २०७८

इटहरी । सडक विभागले इटहरी चोकमा ह्युम पाइपको सट्टा कल्भर्ट बनाउने प्रतिबद्धता जनाएको छ । कही समय देखि नागरिक संघर्ष समितिले उक्त स्थानमा ह्युम पाइपको साटो कल्भर्ट राख्नुपर्ने भन्दै आन्दोलन चर्काएको थियो । सो अनुसार सडक विभागको इटहरीस्थित कार्यालयमा दबाब दिन पुगेका संघर्ष समितिलाई कार्यालय प्रमुख उपेन्द्र दासले कल्भर्ट बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले यो विषयमा आयोजना प्रमुख, लगायत ठेकेदार कम्पनीसँग समेत छलफल भइसकेको र केही महिना भित्रै कल्भर्ट निर्माण कार्य सुरु गरिने जानकारी दिए ।

प्रतिबद्धता पछि संघर्ष समितिले तत्काललाई आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । कार्यालयको प्रतिबद्धता सकरात्मक रहेको भन्दै संघर्ष समितिका संयोजक ज्ञानु दाहालले तत्काललाई आन्दोलन तथा विरोधका कार्यक्रम स्थगित गरेको जानकारी दिए । तर उनले खबरदारी भने निरन्तर गरी रहने बताए ।

करीब एक सय ८० फिट लामो सडकको लम्बाइमा ह्यूम पाइप राख्दा पानीको निकास नजाने र वर्षाको बेला पूर्व तर्फबाट संगीतचौक लाइनका घरहरु डुबान हुने अवस्था आउने हुँदा निर्माणको क्रममा हेलचेक्राईँ भएको स्थानियले बताउँदै आएका थिए । स्थानियले लामो ह्यूम पाइपमा वालुवा र फोहोर भरिए सफाइ गर्न गाह्रो हुने बताएका थिए ।

2 प्रतिकृयाहरू प्राप्त
  • अम्रितलेख्नुहुन्छ
  • |
  • सोमबार ३१, जेठ २०७८
Excellent initiatives by local citizens. Planner need to learn from local citizen.
  • Gyanendraलेख्नुहुन्छ
  • |
  • सोमबार ३१, जेठ २०७८
ठेकेदारले जब हिलोमा ह्युमपाइप राख्यो, फोहोर बालुवा माटो थुप्रिने भन्दापनि ह्युमपाइप धसेर पानी निकास हुनेठाउ नै मृत हुने निश्चित भएको छ । यस्तो गैर जिम्बेबार सड़क आयोजनले बचन त दिएको छ हेर्न भने बाकी छ । खबरदारी जारी छ !