पाकिस्तानमा तीर्थयात्री चढेको बस पल्टिँदा १९ जनाको मृत्यु, ४८ यात्रु घाइते

Newslaya Home

पाकिस्तानमा तीर्थयात्री चढेको बस पल्टिँदा १९ जनाको मृत्यु, ४८ यात्रु घाइते

शुक्रबार २८, जेठ २०७८

इस्लामाबाद । पाकिस्तानमा तीर्थयात्रीहरु चढेको बस दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने ४८ जना यात्रु घाइते भएका छन् ।

सिन्ध प्रान्तको डाडु जिल्लास्थित एक धार्मिक स्थलमा दर्शन गर्न गएका यात्रुहरु चढेको बस शुक्रबार साँघुरो घुम्तीमा दुर्घटना भएको बताइएको छ । स्थानीय मिडियाका अनुसार अधिकांश यात्रु बलुचिस्तानमा थिए ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकका अस्पतालमा लगिएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा क्षमता भन्दा धेरै यात्रु बोकेकाले बस अनियन्त्रित भइ पल्टिएको बताइएको छ । साथै बसको छतमा समेत यात्रु चढाएकाले बस नियन्त्रित हुन नसकेको हो।