मोडल निशा घिमिरेको उपचार सुरु

Newslaya Home

मोडल निशा घिमिरेको उपचार सुरु

शुक्रबार २८, जेठ २०७८

काठमाडौ । सडक दुर्घटनामा परेर गम्भिर घाइते भइ ओच्छ्यानमा थलिएकी मोडल निशा घिमिरेको उपचार सुरु भएको छ । नशामा समस्याका कारण चिन्नै नसकिने अवस्थामा घरमा जटिल अवस्थामा बाँचिरहेकी उनीको उपचार नर्भिक अस्पतालमा सुरु भएको हो ।

३ बर्ष अगाडि अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा उनी दुर्घटनामा घाइते भएकी थिइन् । भारत र काठमाडौमा उनको लामो समय उपचार हुँदा पनि आर्थिक अवस्थाको कारणले राम्रो उपचार पाउन सकेकी थिइनन् ।

सामाजिक संजालमा तस्वीहरु सार्वजनिक हुन थालेपछि नर्भिक अस्पतालले आफ्नो पहलमा उपचार सुरु गरेको हो । उनको अवस्थामा धेरै सुधार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।