बैंकिङ कसुरका फरार अभियुक्त काँकडभिट्टाबाट पक्राउ

Newslaya Home

बैंकिङ कसुरका फरार अभियुक्त काँकडभिट्टाबाट पक्राउ

बिहीबार २७, जेठ २०७८

काठमाडौं । बैंकिङ कसुरमा १७ लाख ७० हजार रूपैयाँ जरिवाना र दस दिन कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा मेचीनगर-७ का ४१ वर्षीय पुष्पराज ढुंगाना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो।

उच्च अदालत विराटनगरले २०७६ फागुन ११ गते ढुंगानालाई जरिवाना र कैद सजायको फैसला सुनाएको थियो। ढुंगानालाई पीडित राहत कोषमा ७० हजार ८ सय रूपैयाँ दाखिला गर्नुपर्ने पनि फैसला भएको थियो।

पक्राउ परेका ढुंगानालाई सजाय भुक्तानको लागि चन्द्रगढी कारागार चलान गरिएको छ।