म्यानमारमा सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

Newslaya Home

म्यानमारमा सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

बिहीबार २७, जेठ २०७८

नेप्यीडो । म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मान्डले नजिकै सैनिक विमान दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ।

राजधानी नेप्यीडोबाट बिहिबार पिइन ऊ एल्वीनतर्फ शहरको लागि उडेको थियो। उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटना भएको हो।

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिए।

उनले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिए। तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ।

सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ।

उक्त विमानमा सैनिक र भिक्षुहरू पनि सवार थिए। जुन बौद्ध विहारमा हुने समारोहमा सहभागी हुने जाँदै थिए।