भारतमा २४ घन्टामा ६ हजार १४८ जनाको मृत्यु

Newslaya Home

भारतमा २४ घन्टामा ६ हजार १४८ जनाको मृत्यु

बिहीबार २७, जेठ २०७८

एजेन्सी। भारतमा कोरोना भाइरसको संक्रमण घट्दै गएपनि मृत्यु हुनेको संख्याले नयाँ रेकर्ड बनाएको छ।

पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट ६ हजार १४८ जनाको मृत्यु भएको छ। भारतमा यो कोरोनाबाट एकैदिन भएको सर्वाधिक मृत्यु हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६७६ पुगेको छ।

संक्रमितको संख्या भने लगातार तेस्रो दिन एक लाख भन्दा कम छ।