घट्यो सुनको मूल्य

Newslaya Home

घट्यो सुनको मूल्य

बिहीबार २७, जेठ २०७८

काठमाडौँ । बिहिबार (आज) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनको मूल्य प्रोतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

घटेको मूल्यसँगै आज छापावाल सुन तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।