मुम्बइमा घर भत्किँदा ११ जनाको मृत्यु

Newslaya Home

मुम्बइमा घर भत्किँदा ११ जनाको मृत्यु

बिहीबार २७, जेठ २०७८

एजेन्सी । मुम्बईमा बुधवार दिनभर परेको पानीले एउटा घर भत्काउँदा ११ जनाको मृत्यु भएको छ। मलवानी क्षेत्रमा चार तल्ले घर भत्केको हो ।

बुधवार राति ११ः१० बजे उक्त घर ढलेको थियो। घटना हुनसाथ फायर बिग्रेडदेखि ब्रिहनमुम्बई मुनिसिपाल कर्पोरेसनको टोली उद्धारमा पुगेका थिए। घटनास्थलबाट १८ जना मानिसको उद्धार गरिएको बताइएको छ। घटनामा परी घाइते भएका ७ जना त्यहाँस्थित बीडीबिए नगर जनरल अस्पतालमा उपचाररत छन्।