रामदेवले पठाएको ‘कोरोनाको औषधि वितरणमा नेपालले लगायो रोक

Newslaya Home

रामदेवले पठाएको ‘कोरोनाको औषधि वितरणमा नेपालले लगायो रोक

बुधबार २६, जेठ २०७८

काठमाडौं। योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले ‘पठाएको कोरोनाको औषधि वितरणमा नेपालले रोक लगाएको छ ।

आयुर्वेद तथा वैकल्पिक औषधि विभागले पतञ्जलीको तर्फबाट उपहार स्वरुप पठाइएका कोरोनिल किट वितरणमा रोक लगाएको विभागले जनाएको छ ।

विभागका अनुसार पतञ्जलीको तर्फबाट एउटा कार्टुनभित्र ३२ वटा कोरोनिल किट रहेका ५० कार्टुनमा गरी कूल १६ सय कोरोनिल किट प्राप्त भएका थिए ।

किट प्राप्त भएपछि यसको जाँचको लागि आयुर्वेद विभागलाई अनुरोध भइआएकोमा यसको जाँच गरी यो आयुर्वेदिक औषधि भएको तर यसले कोरोना निको नै पार्छ भन्ने कुरा पुष्टि गर्न नसकिने विभागका विशेषज्ञले बताएका थिए ।

बाबा रामदेवले भने यो औषधिले कोरोना निको पार्ने दावी गरेका थिए ।