बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

बुधबार २६, जेठ २०७८

काठमाण्डौ । बुधबार(आज) सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै तेजाबी सुन आज प्रतितोला एक सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । चाँदी भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।