इलाममा जङगली च्याउ खाँदा दुई जनाको मृत्यु, दुई बिरामी

Newslaya Home

इलाममा जङगली च्याउ खाँदा दुई जनाको मृत्यु, दुई बिरामी

मङ्गलबार २५, जेठ २०७८

इलाम । जंगली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ।

सन्दकपुर गाउँपालिका–१ खोलाघारीका ५० वर्षीय टिकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको जेठ २२ गते राति मृत्यु भएको हो।

बिरमान राई र उनकी श्रीमती ३२ वर्षीया बिष्णुकुमारी राईको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

जेठ २२ गते राति बिरमान राईको घरमा उनीहरुले च्याउ खाएका थिए। च्याउ खाएलगतै उनीहरु विरामी परेपछि चारै जनालाई जिल्ला अस्पताल इलाम लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागी बीएण्डसी अस्पताल झापा रेफर गरेको थियो।