वरिष्ठ चित्र कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन

Newslaya Home

वरिष्ठ चित्र कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन

मङ्गलबार २५, जेठ २०७८

काठमाडौं । वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन भएको छ। कोरोना संक्रमित उनको करुणा अस्पतालमा आइसियूमा उपचारको क्रममा सोमबार साँझ निधन भएको हो।

५३ वर्षीय सिं संस्कृति र इतिहासका ज्ञाता हुन्। साथै यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा क्रियाशील थिए। उनका चित्रकला बालसाहित्यसम्बन्धी थुप्रै किताबमा समेत समेटिएको छ।

हालसालै काठमाडौं महानगरपालिकाले जार गरेको स्थानीय तहको पाठ्यक्रममा काठमाडौंको कला, संस्कृति र परम्परा झल्कने चित्रहरु उनले नै बनाएको हो। उनी बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका महासचिव र नेपाल बाल साहित्य समाजका सदस्य समते हुन् ।