२०७८ जेठ २५ गते मंगलबारको राशिफल

Newslaya Home

२०७८ जेठ २५ गते मंगलबारको राशिफल

मङ्गलबार २५, जेठ २०७८

मेष । आज प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सफलता पनि पाइनेछ ।

वृष । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवश्यक छ । तर आर्थिक पक्ष भने सामान्य नै रहला ।

मिथुन । लाभ, हानी, आय, व्यय, बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनपरेको खानेकुरा खान पाइनेछ ।

कर्कट । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

सिंह । आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । स्वादिष्ट भोजनको अवसर पाइनेछ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ ।

कन्या । आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ ।

तुला । आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । समाजसेवामा मन पनि लाग्नेछ ।

वृश्चिक । आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ ठाउँमा लगानिको अवसर मिल्नेछ । प्राविधिक क्षेत्र सबल रहनेछ, तर साँझमा खर्च बढ्नेछ ।

धनु । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मकर । आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।

कुम्भ । आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । परिवारसँग समय पनि बित्न सक्छ ।

मीन । आज दैनिक कार्यमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।