कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ डा.विकास सुवेदीको निधन

Newslaya Home

कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ डा.विकास सुवेदीको निधन

सोमबार २४, जेठ २०७८

काठमाडौं । कोरोना संक्रमित मुटुरोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ। दुईसातादेखि ह्याम्स अस्पतालमा उपचाररत ४२ वर्षीय डाक्टर सुवेदीको आइतबार राति निधन भएको अस्पतालले जनाएको छ।

कोटेश्वरमा रहेको गौतमबुद्ध इन्टरनेशनल कार्डियाक अस्पतालका सञ्चालक समेत रहेका डा सुवेदी बुटवलको गौतम बुद्ध अस्पतालका पूर्व निर्देशक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर समेत थिए।

२५ दिनअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।