२५ लाखको लट्री परेको भन्दै अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

Newslaya Home

२५ लाखको लट्री परेको भन्दै अनलाइनबाट ठगी गर्ने एक जना पक्राउ

सोमबार २४, जेठ २०७८

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्सएप र इमोमार्फत लट्री परेको भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पर्सा वीरगञ्ज महानगरपालिका १८ बस्ने निरजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा २५ लाखको लट्री परेको भन्दै उनले लट्री प्राप्त गर्नका लागि ट्याक्स दिनुपर्छ भनेर प्रलोभनमा पारी पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई सेवामा नगद जम्मा गर्न लगाई ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त निवेदन लगायतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उक्त महाशाखाले जनाएको छ ।