प्रदेश १ को बजेट अधिवेशन आजबाट सुरु

Newslaya Home

प्रदेश १ को बजेट अधिवेशन आजबाट सुरु

सोमबार २४, जेठ २०७८

विराटनगर । प्रदेश १ मा आज (सोमबार) देखि बजेट अधिवेशन सुरु हुँदैछ । दिउँसो २ बजे सुरु हुने आठौं बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेट पेश हुनेछ ।

गत वैशाख ५ गते प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन प्रमुख विपक्षी दलको अवरोधबीच टुंगिएको थियो ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । १५ दिन अगावै पूर्व बजेट छलफल पूरा गर्नुपर्ने भए पनि सरकारले अध्यादेशमार्फत पाँच दिनमै पूरा गर्ने गरी ऐन संशोधन गरेको छ ।

हालसम्म प्रदेश १ संसदले पाँच संशोधन ऐन, दुई संसद् नियमावलीसहित ५६ वटा विधेयक पारित गरेको छ ।