बलात्कार आरोपमा नागिन–३ का अभिनेता पर्ल पक्राउ

Newslaya Home

बलात्कार आरोपमा नागिन–३ का अभिनेता पर्ल पक्राउ

शनिबार २२, जेठ २०७८

काठमाण्डौ । भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरी बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ परेका छन् ।

पीडित महिला र उनको परिवारले पुरीविरुद्ध उजूरी दिएपछि उनी पक्राउ परेका हुन् । अहिले यी अभिनेता प्रहरी हिरासतमै छन् । २०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत उनले आफ्नो करियर सुरु गरेका थिए ।

त्यसपछि पर्ल वी पुरीले ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता धेरै धारावाहिकहरुमा काम गरे । उनी बिग बोस १२ र १३ मा गेस्टका रुपमा देखिएका थिए ।