बलिउड अभिनेत्री यामी गौतमले गरिन् विवाह

Newslaya Home

बलिउड अभिनेत्री यामी गौतमले गरिन् विवाह

शनिबार २२, जेठ २०७८

काठमाण्डौ । कोरोना महामारीबीच बलिउड अभिनेत्री यामी गौतमले विवाह गरेकी छन् । उनले आफू दाम्पत्य जीवनमा बाँधिएको भन्दै इन्टाग्राममार्फत पतिसँग विवाहको तस्बिर सार्वजनिक गरेकी छन् ।

यी अभिनेत्रीले फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन् । निर्देशक आदित्यले पछिल्लोपटक उरी भन्ने फिल्मको निर्देशन गरेका थिए । उनको निर्देशनमा नयाँ फिल्म द इमोर्टल आश्वत्थामा रिलिज हुँदै छ ।

अभिनेत्री यामी र निर्देशक आदित्य केही समय यताबाट प्रेम सम्बन्धमा रहेको चर्चा चल्दै आएका थिए ।