सन १९१३ देखि अहिले सम्म

Newslaya Home

सन १९१३ देखि अहिले सम्म

गोपाल तिम्सिना
आइतबार ०२, जेठ २०७८

विश्व दूरसंचार तथा सूचना समाज दिवस प्रविधिबारे सुसूचित गर्ने उद्धेश्यले हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि यस्को लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसंचार दिवस मनाउन थालिएको हो । एउटा केबल, टेलिग्राफ वा कुनै प्रसारण माध्यमबाट टाढा बसेको व्यक्तिलाई सम्पर्क गर्न एक प्रणाली लाई दूरसंचार भनिन्छ ।

जस्को लागि विभिन्न माध्यामहरु जस्तै फोन,एस एम एस,विभिन्न सामाजिक संजाल, फेसबुक, ट्विटर , वाट्साप, भाइबर, लगाएतका अप्लिकेशन मार्फत हामिले देश बिदेशमा भएका वा गाउका दुर दराजमा रहेका ब्यक्तिहरु संग सम्पर्कमा रहने गरेका छौ । गत वर्ष झै यो बर्ष पनि कोरोना भाइरको विश्वव्यापी महामारीले गर्दा दूरसञ्चार दिवसलाई ओझेलमा पारिदिएको छ ।

यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाउने गरिन्छ । दूरसंचारको शाब्दिक अर्थ टाढा(टाढा संचार गर्नु भन्ने हुन्छ । यसमा परम्परागत चिढीपत्रदेखि आधुनिक माध्यमहरु समेत पर्दछन् । विशेषगरी प्रविधि तथा उपकरणहरुको प्रयोग गरी गरिने संचारलाई दूरसंचार भनि बुझिन्छ । नेपालमा सन्चार क्षेत्रमा सबै को पहुच पुगेको लामो समय भएको छैन । करिब डेढ दसक अघिसम्म पनि नेपाल सन्चारको क्षेत्रमा निकौ पछाडि नै रहेको थियो ।

नेपालका कुनाकाप्चामा पनि बिस्तारै बिस्तारै इन्टरनेटको पहुँच पुग्दैछ । अहिले आधा दर्जन दूरसंचार सेवा प्रदायक कम्पनिहरुले विभिन्न प्रकारका टेलिफोन सेवा उपलब्ध गरारहेका छन् । त्यस्तै दर्जनौं निजी संस्थाहरुले इन्टरनेट सेवालाई विस्तार गरिरहेका छन् । अहिले मानिसहरु घरभित्रै बसेर कोरोनाभाइरस फैलनबाट रोक्ने प्रयास गरिरहेका छन् । जहाँ घरभित्रैबाट पनि दूरसञ्चार सेवाहरु प्रयोग गरिरहेका छन् । जसमध्ये सबैभन्दा धेरै प्रयोग अडियो र भिडियो कलिङ्गको सुविधा को प्रयोग गरिरहेका छन् ।

अहिलेको समाज सूचना र सञ्चार प्रविधिको समाज हो जहाँ हरेक क्षण नयाँ जानकारी र प्रविधिहरुको विकास भईरहेकोछ । यो विषयम परिस्थितीमा मानिसहरुलाई एक आपसमा जोड्नका लागि पनि दूरसंचार प्रविधिको निकै महत्व रहेको यो अवस्थामा पुष्टि भएको छ । नेपालमा दूरसंचार सेवाको प्रयोग र पहुँच बिस्तार हुँदैगएपनि अझै लाखौं मानिसहरु ले भने गुणस्तरीय सेवाको पहुँचबाट बाहिर नै रहेका छन् ।

अन्य बिकसित देशहरुमा भन्दा नेपाल सन्चारको क्षेत्रमा धेरैनै अगाडी भए पनि देशका ७७ वटै जिल्लामा फोरजी सेवाको बिस्तार भएपनि कतिपय शहरी क्षेत्रका मानिसहरुले नै पनि अझ सम्मपनी गुणस्तरीय फोरजीको सेवा पाउन सकेका छैनन् ।

नेपाल को दुरसचारको इतिहास हेर्ने हो भने सन १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाईन जोडिएको थियो । सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाईन जडान गरिएको थियो । सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो । सन् १९५० मा उपत्यकामा राजदरबार र तत्कालिन राणा परिवारले प्रयोग गर्ने गरी १०० लाईन टेलिफोन जडान भयो । सन् १९६२ मा आएर मात्रै सर्वसाधारणको प्रयोजनका लागि ३०० लाईन काठमाडौंमा जडान भएको थियो । त्यस पछि बिस्तारै त्यस्को क्षमता वृद्धि गर्दै लगिएको देखिन्छ ।

सन् १९७४ मा माइक्रोवेभ लिंकलाई विस्तार गरियो । सन् १९८३ मा डिजिटल टेलिफोन एक्सचेन्ज जडान गरियो । त्यति हुदै सन् १९९९ मा नेपालमै पहिलो पटक मोबाइल फोनको शुरुवात भयो । सन् २००० मा आएर इन्टरनेटको व्यवसायिक शुरुवात भएको देखिन्छ । २००३ मा आएर प्रिपेड मोबाइललाई विस्तार गरियो ।

यसरी नेपालमा सुरुआत भएको दुरसन्चार सेबाले अहिले नेपालभर विस्तारित मोबाइल नेटवर्कमा जिपिआरएस , थ्रिजी, फोरजि सेवाको सेबा समेत प्रदान गरि रहेका छन। करिब दुई दसक अगाडि बाट मात्र आम मनिशले प्रयोग गरिरहेको यो दुरसचार सेबा अहिले मानिसको एक अभिन्न अङ्ग बनिसकेको छ । जे होस यस्ले हाम्रो दैनिक जीवन यापन गर्नको निम्ति सहज बनाइदिएको छ । कतिपय मनिसले यस्को दुरुपयोग गरेर विभिन्न अनैतिक कृयाकलाप पनि गरिरहेका छन् , तर हामी ले के बुज्नु पर्दछ भने सञ्चार प्रबिधी हाम्रै सहजताका लागि हो ।