मातातीर्थ औँसीको अवसरमा गायिका अस्मिता पाण्डेको ‘मेरी आमा’ सार्वजनिक (भिडियो सहित)

Newslaya Home

मातातीर्थ औँसीको अवसरमा गायिका अस्मिता पाण्डेको ‘मेरी आमा’ सार्वजनिक (भिडियो सहित)

मङ्गलबार २८, बैशाख २०७८

इटहरी । मातातीर्थ औँसीको अवसर पारेर आमाको माया ममता र त्यागलाइ समेटेर सम्पूर्ण आमाहरुप्रति समर्पित अस्मिता पाण्डेको ‘मेरी आमा’ गित युट्युब मार्फत सार्वजनिक भएको छ ।

इटहरीमा आफ्नो सांगीतिक क्षेत्रलाई अंगालेर आइरहेकी नव गायिका अस्मिता पाण्डेको उक्त गित उनको आफ्नै युट्युब मार्फत सार्बजनिक गरेकी छिन ।

आफ्नै शब्द संगीतमा रहेको उक्त गीतको संगीत संयोजन चर्चित संगीत संयोजक सॊराज श्रेष्ठले गरेका छन । बिट्स रेकर्ड स्टूडियो विराटनगरमा भएको उक्त गीतको रेकर्ड इटहरीमा रहेको ड्रिम्स फोटोग्राफीबाट सम्पादन भएको हो ।

गीतको छायांकन सुशील भट्टराई र प्रो निफोलीले गरेका छन् भने इडिटिङ्ग र कलारिंग संयोग जंग बिस्टले गरेका हुन् । चाडपर्व र आधुनिक गित बजारमा ल्याइराख्ने गायिका अस्मिता पाण्डेको चर्चा पछिल्लो समयमा निकै बढेको छ ।