आफ्ना मनका कुरा : आमा !

Newslaya Home

आफ्ना मनका कुरा : आमा !

-संजय रौनियार
मङ्गलबार २८, बैशाख २०७८

आज मातातिर्थ औंसीको उपलक्ष्यमा मेरी आमा एवं सम्पूर्ण

आमाहरूमा न्यानो माया तथा अभिवादन्

आएँ म तिम्रो चरण स्पर्श गरी

आशिष लिन हे,,,आमा।

देऊ आशिष जुनि जुनिलाई

हे आमा ।

आईरहुम् म सधैं तिम्रो चरण

स्पर्श गर्न हे आमा ।

बाचिरहनु हे आमा तिमी सदा

सर्वदा ।

तिमीलाई नदेख्दा लाग्यो जुनि

कट्यो हे आमा ।

तर,,,सक्दिन् जति चरणस्पर्श

गरे पनि म तिम्रो दुधको ऋण

तिर्न हे आमा ।

थोरै भएपनि कोसिस अवश्य

गर्छु हे आमा ।

तिमीलाई सधैं खुशी र सुखी

राख्न हे आमा ।

छु,,तिम्रो चरणकमलमा सदा

सर्वदा हे आमा हे आमा.....!!!

संजय रौनियार (रामधुनी, झुम्का–१)