इटहरीमा खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Newslaya Home

इटहरीमा खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आइतबार २६, बैशाख २०७८

इटहरी । नेपाल खेलकुद महासंघले पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

आइतबार महासंघका उपाध्यक्ष पर्शुराम बस्नेत लगायतको समूहले ट्राफिक प्रहरीलाई मास्क, सेनिटाइजर र पञ्जा सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

२,२५० थान मास्क, १० बोतल सेनिटाइजर तथा ५० जोर पञ्जा वितरण गरिएको बस्नेतले जानकारी दिए । उनका अनुसार नेकोसको आह्वान, कोभिडको नो भीड भन्ने सन्देशका साथ स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

त्यस्तै, राठी ग्रुपले पनि ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिडको समयमा फ्रन्टलाइनमा रहेर सुरक्षा दिइरहेका ट्राफिक प्रहरीलाई सो ग्रुपले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।