कोरोना संक्रमणबाट इटहरी ८ की एक महिलाको मृत्यु भएपछि वडा नै सिल

Newslaya Home

कोरोना संक्रमणबाट इटहरी ८ की एक महिलाको मृत्यु भएपछि वडा नै सिल

आइतबार २६, बैशाख २०७८

इटहरी । कोरोना भाइरस संक्रमणबाट इटहरी उपमहानगरपालिका वडा नं. ८ की एक महिलाको मृत्यु भएको छ । नोबेल अस्पतालमा उपचाररत इटहरी ८ की ५५ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।

संक्रमित महिलालाई केही दिन अघि कोरोना पुष्टि भएको थियो ।

उनको मृत्यु भएपछि ८ नं.वडा कार्यालयले वडाको केही क्षेत्र सिल गरेको छ । वडाध्यक्ष रोहित चौधरीका अनुसार विद्युत प्राधिकरणको कार्यालय आसपासका क्षेत्रमा सिल गरिएको हो ।

कोरोनाको जोखिम रहेकाले वैशाख २९ गतेसम्मका लागि सिल गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए । कसैलाई पनि घर बाहिर ननिस्कनका लागि सूचना समेत जारी गरिएको उनले बताए ।