प्रदेश १ मा थप ७६० जनामा कोरोना पुष्टि

Newslaya Home

प्रदेश १ मा थप ७६० जनामा कोरोना पुष्टि

आइतबार २६, बैशाख २०७८

इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुल १ हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएकोमा ३४६ महिला र ४१४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा ३७७, झापामा १२०, सुनसरीमा ७९ जना छन् भने उदयपुरमा ४३, ताप्लेजुङमा ३६, तेर्हथुममा ३०, पाँचथरमा ६, इलाममा ४, भोजपुरमा ३, संखुवासभा र धनकुटामा २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरमा ११८ महिला र १५४ पुरुष सहित २७२ जना, सुन्दरहरैँचामा ३६, उर्लाबारीमा १८, पथरीशनिश्चरेमा १०, कटहरीमा ९, बेलबारीमा ८, लेटाङ र बुढीगंगामा ४–४, ग्रामथान र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली र धनपालथानमा २–२, रतुवामाई, कानेपोखरी, जहदा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको हो ।

यसैगरि, झापाको दमकमा ५१, मेचीनगरमा २०, अर्जुनधारामा १०, भद्रपुरमा ९, कमल गाउँपालिका र स्थानीय तह नखुलेको ७–७ शिवसताक्षी, गौरादह, बुद्धशान्ति र विर्तामोडमा ३–३, बार्हदशीमा २, कचनकवल र झापा गाउँपालिकामा १–१ जना, सुनसरीको इटहरीमा १८, इनरुवामा १४, धरानमा ११, बर्जुमा ९, दुहवीमा ७, बराहक्षेत्र र हरिनगरमा ४–४, गढी, रामधुनी र देवानगञ्जमा ३–३, कोशी गाउँपालिकामा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उदयपुरको बेलकामा ३९, त्रियुगामा ३, स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ३२, मेरिङदेन, मिक्वाखोला, सिदिङ्वा र पाथीभरा याङवरकमा १–१, ते¥हथुमको म्याङलुङमा २९, मेन्छयायेममा १, पाँचथरको फालेलुङमा ५, कुम्मायकमा १ , इलामको इलाम नगरपालिकामा २, सूर्योदय र चुलाचलुीमा १–१ जना, भोजपुरमा ३, संखुवासभाको खाँदबारीमा २, धनकुटाको छथर र महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ५८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार ९८३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २३२ संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या ७ हजार १९४ पुगेको छ ।