लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस

Newslaya Home

लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी सिफारिस

आइतबार २६, बैशाख २०७८

काठमाडौं । संवैधानिक परिषद्ले लोकसेवा आयोग अध्यक्षको रिक्त पदमा माधवप्रसाद रेग्मीलाई सिफारिस गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले रेग्मीलाई अध्यक्षमा सिफारिस गरेको हो ।

झापा निवासी माधव कांग्रेसको कोटाबाट अध्यक्ष सिफारिस भएको बताइएको छ । यद्यपि, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिएनन् । सभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी भएको बैठकले अरू रिक्त ठाउँमा पदपूर्ति सिफारिस गरेको बताइएको छ ।