दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’: अनिष्ट हुने जनविश्वास

Newslaya Home

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’: अनिष्ट हुने जनविश्वास

शनिबार २५, बैशाख २०७८

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ ।

शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको हो ।

मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी मन्दिरमा पुगेको व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए ।

पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको थियो ।

शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।