प्रदेश १ मा आज थप ५७७ जनामा कोरोना संक्रमण

Newslaya Home

प्रदेश १ मा आज थप ५७७ जनामा कोरोना संक्रमण

बुधबार २२, बैशाख २०७८

इटहरी । प्रदेश १ मा आज (बुधबार) ५७७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, सङ्खुवासभामा ८, उदयपुर र भोजपुरमा ४-४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष सहित १५४, सुन्दरहरैचामा ११, कटहरीमा ७, पथरीशनिश्चरेमा ६, कानेपोखरीमा ४, उर्लाबारीमा ३, बेलबारी, धनपालथान र जहदामा २-२, रंगेली, लेटाङ, मिक्लाजुङ, ग्रामथान, स्थानीय तह नखुलेका १-१, झापाको बिर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा ३२, कनकाईमा १४, मेचीनगरमा ११, अर्जुनधारा र कमल गाउँपालिकामा ९–९, स्थानीय तह नखुलेका ६, गौरादहमा ५, शिवसताक्षी र झापा गाउँपालिकामा ४–४, बुद्धशान्ति र कचनकवलमा ३–३, हल्दिबारीमा २, सुनसरीको धरानमा ६०, इनरुवामा १८, इटहरीमा ९, बराहक्षेत्रमा ३, बर्जू, दुहबी र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, गढी, हरिनगर, रामधुनी र कोसी गाउँपालिकामा १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, धनकुटाको धनकुटा नगरपालिकामा १६, छथर र स्थानीय तह नखुलेका २–२, महालक्ष्मी र पाख्रिवासमा १–१, इलामको इलाम नगरपालिकामा ९, रोङमा ५, देउमाईमा २, स्थानीय तह नखुलेको १, सङ्खुवासभाको चैनपुरमा ४, धर्मदेवीमा ३, चिचिलामा १, उदयपुरको त्रियुगा र रौतामाईमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर र पौवादुङ्मामा २-२, पाँचथरको मिक्लाजुङ, कुम्मायक, याङवरकमा १–१, खोटाङको जन्तेढुङ्गामा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुमको म्याङ्लुङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार १२९ पुगेको छ। सङ्क्रमित भएका मध्ये ३० हजार ९० सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५११ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३२१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।