तेह्रथुमको लालीगुराँस नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा स्थगित

Newslaya Home

तेह्रथुमको लालीगुराँस नगरपालिकामा अत्यावश्यकबाहेकका सेवा स्थगित

मङ्गलबार २१, बैशाख २०७८

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ ।

कोरोना महामारीको संक्रमण बढ्न थालेपछि रोग रोकथाम नियन्त्रण तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै २१ देखि २७ वैशाखसम्म स्वास्थ्य संस्थाबाहेक अन्य सेवा प्रवाह स्थगित गरिएको हो ।

नगरपालिका कार्यालय तथा अन्तर्गतका वडाबाट प्रवाह हुने सेवा स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले जारी गरेको सूचनामा उल्लेख छ ।