भारतको बिहारमा मंगलबारदेखि लकडाउनको घोषणा

Newslaya Home

भारतको बिहारमा मंगलबारदेखि लकडाउनको घोषणा

मङ्गलबार २१, बैशाख २०७८

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि भारतको बिहार राज्यमा मंगलबारदेखि लकडाउन गरिने भएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमार्फत जेठ १ गतेसम्मका लागि लकडाउनको घोषणा गरेका हुन् ।

उनले सोमबार मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिएका छन् ।

बिहारमा सोमबार कोरोनाका ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए भने ८२ जना संक्रमितको मृत्यु भएको थियो । बिहारको राजधानी पटनामा मात्र सोमबार २४ जनको मृत्यु भएको थियो ।

यसअघि पटनाको उच्च अदालतले बिहारमा कोरोना संक्रमण उच्च देखिन थालेको भन्दै सरकारलाई लकडाउन घोषणा गर्न निर्देशन दिएको थियो ।