इनरुवामा पनि कोभिड अस्पताल बन्यो

Newslaya Home

इनरुवामा पनि कोभिड अस्पताल बन्यो

मङ्गलबार २१, बैशाख २०७८

इनरुवा । सुनसरीको इनरुवा अस्पतालमा २० बेडको कोभिड अस्पताल तयार भएको छ ।

प्रदेश सरकारको एक जिल्ला २० बेडको कोभिड अस्पताल अनुसार कोभिड उपचारको लागि छुट्टै बेड तयार भएको हो ।

जिल्ला अस्पतालभित्र छुट्टै बनाइएको कोभिड उपचार केन्द्रमा अहिले बेड राख्ने काम पुरा भइसकेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले जानकारी दिए ।

कोभिड अस्पतालको अभावमा संक्रमितले उपचार पाउन नसकेको गुनासो आउन थालेपछि तत्काल निर्माण गरिएको उक्त अस्पताल अक्सिजनको काम सकिने बितिकै संचालनमा ल्याइने बताइएको छ ।