वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Newslaya Home

वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

मङ्गलबार २१, बैशाख २०७८

धरान । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सप्तरीको सप्तकोशी–१ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान ५ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।

बैशाख १२ गते कोरोना पोजिटिभ आएपछि प्रतिष्ठानको कोरोना अस्पतालमा भर्ना भएका ती पुरुषमा पहिलादेखि नै उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालका सह–प्रवक्त डा. चुरामणी पोखरेलले जानकारी दिए ।