भोजपुरको षडानन्दमा १४ वर्षीय बालकमाथि खुकुरी प्रहार

Newslaya Home

भोजपुरको षडानन्दमा १४ वर्षीय बालकमाथि खुकुरी प्रहार

मङ्गलबार २१, बैशाख २०७८

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका ४ का १४ वर्षीय ओर्बिन राई माथि खुकुरी प्रहार भएको छ ।

अन्जान व्यक्तिले ओर्बिनको शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते बालकलाई गौचरन स्वस्थ्य चौकिमा प्राथमिक उपचार गरि थप उपचारको लागि खादबरी पठाईएको ईलाका प्रहरी कार्यालय दिंलाले जनाएको छ ।

खुकुरी प्रहार पछि फरार रहेका पिडकको खोजी कार्य भैइरहेको ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कासिराज थापाले जानकारी दिए ।