झापामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

Newslaya Home

झापामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

मङ्गलबार २१, बैशाख २०७८

झापा । झापामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ८ डुडामारीका २८ वर्षीय जिवन थाम्सुहाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार साँझ शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा उनी साथीहरूसँग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए ।

थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट गएको प्रहरी टोलीले राती बगेको ठाँउबाट दक्षिण तर्फ मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।