झापामा ब्रिकेट उत्पादन गर्ने कारखानामा १२ घण्टादेखि भीषण आगलागी

Newslaya Home

झापामा ब्रिकेट उत्पादन गर्ने कारखानामा १२ घण्टादेखि भीषण आगलागी

सोमबार २०, बैशाख २०७८

झापा । मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ३ बजेतिर सुरु भएको आगलागी पूर्ण रुपमा निभाउन सकिएको छैन ।

कारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न समय लागेको हो । धुलाबारीबाट करीब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायत उद्योगीले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरेका थिए ।

आगलागीको क्षतिको विवरण यकिन नभइसकेको प्रहरीको भनाइ छ ।