कर्णाली सरकारले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई एक लाख रुपैया दिने

Newslaya Home

कर्णाली सरकारले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई एक लाख रुपैया दिने

सोमबार २०, बैशाख २०७८

काठमाडौ । कोरोना भाइरसका कारण मृत्यु भएमा कर्णाली प्रदेश सरकारले एक लाख रुपैया दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई जनही एक लाख राहत रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाएर प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलव्ध गराउने निर्णय गरिएको बताइएको छ । विषयगत मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध बजेटबाट कोषमा ५० करोड बजेट रकमान्तरण गरिएको छ ।