देश नै छाड्नुपर्ने गरी भारतको भ्याक्सिन उत्पादन गर्ने कम्पनीका प्रमुखलाई कसले दियो धम्की ?

Newslaya Home

देश नै छाड्नुपर्ने गरी भारतको भ्याक्सिन उत्पादन गर्ने कम्पनीका प्रमुखलाई कसले दियो धम्की ?

सोमबार २०, बैशाख २०७८

काठमाडौं। फोनमा लगातार धम्की आउन थालेपछि भारतीय भ्याक्सिन उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियाका सीइओ अदर पूनावाला देश छाडेर भागेका छन् ।

देशका शक्तिशाली व्यक्तिहरुबाट तत्काल कोभिशिल्ड भ्याक्सिन माग गर्दै धम्की आउन थालेपछि उनी देश छाडेर लण्डन गएको बताइएको छ । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिशिल्ड भ्याक्सिन सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ ।

द टाइम्सलाई दिएको एक अन्तरवार्तामा पूनावालाले आफूलाई भारतका शक्तिशाली व्यक्तिहरु मुख्य मन्त्रीहरु, ठूला व्यवसायीहरु लगायतबाट तत्काल कोभिशिल्ड भ्याक्सिन माग गर्दै धम्कीपूर्ण फोन आउन थालेको बताए ।

फोन कलबारे कुरा गर्दै उनले भने, ‘उनीहरुले भ्याक्सिन नदिएमा राम्रो हुने छैन भन्छन् । उनीहरुको भाषाभन्दा पनि शैली निकै आक्रामक छ ।’ अहिले लण्डनमा रहेका पूनावालाले भने ‘म त्यो स्थितिमा फर्केर जान चाहन्न ।’