सिरी ‘ए’ फुटबलको उपाधि इन्टर मिलानलाई

Newslaya Home

सिरी ‘ए’ फुटबलको उपाधि इन्टर मिलानलाई

सोमबार २०, बैशाख २०७८

काठमाडौँ । सिजनका खेल नसकिँदै इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलको उपाधि जितेको छ ।

आइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो । एट्लान्टाको बराबरीसँगै १३ अंकको स्पस्ट अग्रता बनाउदै इन्टरले उपाधि जितेको हो ।

इन्टरले ११ वर्षपछि सिरी ‘ए’ को उपाधि जितेको हो । इन्टरले पछिलो पटक सन् २०१० मा सिरी ‘ए’ को उपाधि जितेको थियो ।

सिरी ‘ए’ मा युभेन्ट्सको एकतर्फी दबदबासमेत इन्टरले यसपटक तोडिदिएको छ ।