आमबारी–उर्लाबारी सडक खण्डमा दुर्घटना, एकको मृत्यु

Newslaya Home

आमबारी–उर्लाबारी सडक खण्डमा दुर्घटना, एकको मृत्यु

आइतबार १९, बैशाख २०७८

मोरङ । मोरङको रतुवामाई नगरपालिका–९ स्थित आमबारी–उर्लाबारी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

आइतबार (आज) बिहान उत्तर तर्फ जाँदै गरेको प्र १–०२–०४१ प २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र १–०२–०४४ प २६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

सो दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको छ भने अर्को २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुर घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

दुर्घटनामा संलग्न दुबै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।