बढ्यो सुनको मूल्य

Newslaya Home

बढ्यो सुनको मूल्य

आइतबार १९, बैशाख २०७८

काठमाण्डौ । आइतबार(आज) सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो ।

मुल्य बढेसँगै आज सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ८९ हजार ५ सय रपैयाँ रहेको । यस्तै चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैँयाले घटेको महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयामा कारोबार हुने छ ।