आन्तरिक उडान पनि रोक्ने तयारी

Newslaya Home

आन्तरिक उडान पनि रोक्ने तयारी

आइतबार १९, बैशाख २०७८

काठमाण्डौ । कोरोना १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आन्तरिक उडान पनि बन्द गर्न सिफारिस गरेको छ । यसअघि नै जोरबिजोर प्रणाली लागु भइसकेको छ भने आजका दिनसम्म आन्तरिक उडान जारी छ ।

कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भएकाले आन्तरिक उडान बन्द गर्न सिफारिस गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताए ।

सुरक्षाका उपाय अपनाएर उडान गर्दा पनि जोखिम नै देखिएकाले उडान बन्दको सिफारिस गरिएको मन्त्री ढकालले जानकारी दिए । यसैबीच सरकारले कोरोना सङ्क्रमणको अवस्था भयावह भएका देशबाट नेपालमा हुने उडान रोक्ने तयारी गरेको छ ।