कोरोना संक्रमणपछि बलिउड अभिनेता रणधीर अस्पताल भर्ना

Newslaya Home

कोरोना संक्रमणपछि बलिउड अभिनेता रणधीर अस्पताल भर्ना

बिहीबार १६, बैशाख २०७८

मुम्बई । भेटरन बलिउड अभिनेता रणधीर कपुरलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमणपछि अहिले उनको मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था भने स्थिर रहेको अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष सेट्टीले बताएका छन् ।

७४ वर्षीय अभिनेता कपुरलाई स्वासप्रश्वासमा केही समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो । अस्पताल लगेपछि गरिएको उनको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।