पुर्वको चर्चित नेक्स्स ब्याण्डद्धारा विस्वास नामक गितको भिडियो सार्वजनिक (भिडियो सहित)

Newslaya Home

पुर्वको चर्चित नेक्स्स ब्याण्डद्धारा विस्वास नामक गितको भिडियो सार्वजनिक (भिडियो सहित)

बिहीबार १६, बैशाख २०७८

इटहरी । पूर्वको चर्चित नेक्स्स ब्याण्डले आफ्नो दोश्रो विस्वास नामकको अफिसियल भिडियो सार्वजनिक गरेको छ ।

नविन श्रेष्ठको अध्यक्षतामा वैशाख ९ गते इटहरीका सङितकर्मीहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त बिमोचन कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. बद्री बिशाल पोख्रेलले साहित्य, सङित र कलालाई उमेर र पुस्ताले फरक नपार्ने तर आउने पुस्ताले कला साथै शिक्षा दुवैलाई नछुटाई उतिकै महत्वका साथ अघि बड्नु पर्ने भनि ब्याण्डलाई शुभकामाना दिएका थिए ।

शुभकामना आदानप्रदानकै क्रममा बोल्दै सङित साधाना प्रतिष्ठान इटहरीका माहासचिव राजु केशीले व्यक्तिबाट समुह भई एउटै ब्याण्डमा सबै सदस्यहरुले निरन्तर विगत एक दशक भन्दा लामो समय देखी निरन्तरतका साथ गित संगीत सृजना गरी रहनु भनेको एउटा इटहरी साथै पुर्वाञ्चलको नमुना रहेको र आउने पुस्तालाई समेत प्रेरणा हुने उदाहरण भएको उल्लेख गरे ।

ब्याण्डले हाल सम्म चार ओटा गित रेकर्ड गरिसकेको छ । आउने वर्ष सम्म एल्बमको तयारी रहेको कार्यक्रमका संयोजक नविन न्यौपानेले जानकारी दिए ।

कार्यक्रम उदघोष प्रदेश नम्बर एकका नेपाल चलचित्रकर्मी महासंघका महासचिव दिनेश कोइरलाले गरेका थिए ।

आफ्नै युउटुब च्यानल Nexus Band Nepal बाट सार्वजानिक विश्वास बोलको गीतको रेकर्डिस्ट भावाना रेकर्डिङ स्टुडियो धरानका हेम सुब्बा हुन भने गितको मिक्सिङ मास्टरिङ जोशु बोलनले गरेका थिए ।

त्यसैगरी भिडियोमा मोडल कुसुम गुरुङ, आयुस्मा बज्रचार्य र रितेश राज गुरुङले साथ दिएका थिए । उक्त म्युजिक भिडियोको डाइरेक्टर र इडिटर बिजु कर्मचार्यले गरेका थिए । क्यामेरामा भने संजिव राई, अनिल मान्नदर र महेश्वर श्रेस्ठ थिए । मेक अप आर्टिस्ट दिपसन परियार र पुनम गुरुङ हुन् भने ब्याण्डमा भोकल पवन लिम्बु, ड्रम्समा नविन श्रेष्ठ, बेस गिटारमा नविन न्यौपाने, गिटारमा सुजन लिम्बु र मनोज राई रहेका छन्