ड्राइभिङ लाइसेन्सको आवेदन बन्द

Newslaya Home

ड्राइभिङ लाइसेन्सको आवेदन बन्द

बिहीबार १६, बैशाख २०७८

काठमाडौ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै यातायात व्यवस्था विभागले लाइसेन्स आवेदन बन्द गरेको छ ।

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन प्रणाली अनिश्चिकालसम्मको लागि बन्द गरिएको हो ।

आजदेखि अर्को सूचना जारी नभएसम्मलाई अनलाइन आवेदन प्रणाली बन्द गरेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

अघिल्लो वर्ष लकडाउन र निषेधाज्ञाका कारण सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा १० महिनाजति रोकिएको थियो ।