ह्वाट्सएपमा २४ घण्टामा मेसेज आफैं डिलिट हुने

Newslaya Home

ह्वाट्सएपमा २४ घण्टामा मेसेज आफैं डिलिट हुने

मङ्गलबार १४, बैशाख २०७८

काठमाडौं । केही समय पहिले ह्वाट्सएपले एउटा फिचर ल्याएको थियो जसअनुसार पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट हुन्छन् । उक्त फिचरको नाम Disappearing Messages हो ।

मेसेज आफैं हराउने समय सीमालाई यसअघि ७ दिन कायम गरिएकोमा ह्वाट्सएपले त्यस्तो समयलाई १ दिनमा झार्ने भएको हो ।

समाचारअनुसार फिचरमा ह्वाट्सएपले छिटै नै २४ घण्टाको विकल्प पनि थप गर्दैछ । तत् पश्चात् उक्त विकल्प छनोट गर्ने ह्वाट्सएप प्रयोगकर्ताका पठाएका तथा प्राप्त भएका मेसेजहरु २४ घण्टामा आफैं डिलिट हुनेछन् ।

ह्वाट्सएपको नयाँ संस्करणमा सो फिचरलाई थप गरिएको छ । हाल एपको आइओएस भर्सनमा उक्त फिचरको परीक्षण भैरहेको छ । जसमा ह्वाट्सएप मेसेज २४ घण्टामा आफै हराउँछन् ।

२४ घण्टे फिचरसँगै यसअघिको ७ दिने फिचर पनि कायम रहने बताइएको छ । अर्थात् प्रयोगकर्ताले एक दिन वा ७ दिनमा मेसेज आफैं डिलिट हुने फिचर आफुखुसी छान्न पाउनेछन् ।

ह्वाट्सएपले आइओएस प्लाटफर्ममा एक महिनादेखि परीक्षण गरिरहेको उक्त फिचर निकट भविष्यमा एन्ड्रोइड लगायतका हरेक प्लाटफर्ममा उपलब्ध हुने बताइएको छ ।