‘नोम्याडल्यान्ड’ लाई सर्वश्रेष्ठ फिल्मको ओस्कार अवार्ड

Newslaya Home

‘नोम्याडल्यान्ड’ लाई सर्वश्रेष्ठ फिल्मको ओस्कार अवार्ड

सोमबार १३, बैशाख २०७८

लस–एन्जल्स । फिल्म ‘नोम्याडल्यान्ड’ले ९३ औं अस्कर अवार्डमा सर्वोत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको छ ।

क्ओल झाओ इतिहासमै अस्करको निर्देशन विधा जित्ने दोस्रो महिला निर्देशक बनेकी छिन् ।

फ्रान्सिस म्याकडरम्यान्ड यही फिल्मबाट उत्कृष्ट अभिनेत्री घोषित भएकी छिन् ।

गतवर्षको निर्देशन विधामा जितेका दक्षिण एसियाली निर्देशक ‘बोङ जो होउ’ले झाओलाई ट्रफी प्रदान गरे । सोनी पिक्चर्सको क्लासिक फिल्म ‘द फादर’बाट एन्थोनी हप्किन्स उत्कृष्ट अभिनेता घोषित भए ।

नेटफिल्क्स ३६ विधामा मनोनयन भएपनि ७ विधामा मात्र अवार्ड जित्न सक्यो । हेर्नूहोस् पूर्ण सूची :-

फिल्म – नोम्याडल्यान्ड

निर्देशक – क्योल झाओ (नोम्याडल्यान्ड)

अभिनेता – एन्थोनी हप्किन्स (द फादर)

अभिनेत्री – फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)

सह-अभिनेत्री – यु जोङ उन (मिनारीं)

सह-अभिनेता – डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)

एडप्टेड पटकथा – द फादर

मौलिक पटकथा – प्रमिसिङ योङ वुमन

कस्ट्युम डिजाइन – मा रेइनिज ब्ल्याक बटम

ओरजिनल स्कोर – सउल

एनिमेटेड सर्ट फिल्म – इफ एनिथिङ ह्यापेन्ज आइलभ यू

डकुमेन्ट्री फिचर – माइ अक्टोपस टिचर

अन्तर्राष्ट्रिय फिचर – एनादर राउन्ड (डेनमार्क)

ध्वनी – साउन्ड अफ मेटल

प्रोडक्सन डिजाइन – म्यांक

सम्पादन – साउन्ड अफ मेटल

छायांकन – म्यांक

भिजुअल इफेक्ट – टेनेट

एनिमेटेड फिचर फिल्म – सउल

मेकअप एन्ड हेयरस्टाइल – मा रेइनिज ब्ल्याक बटम

ओरजिनल सङ – फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)