पल शाहको ‘गर्मि भयो धरान’ सार्वजनिक

Newslaya Home

पल शाहको ‘गर्मि भयो धरान’ सार्वजनिक

शनिबार ११, बैशाख २०७८

धरान । धरानमा छायांकन गरिएको रचनाकार अमर वान्तुको नयाँ गीत ‘गर्मि भयो धरान’ भिडियो शनिवार औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

चर्चित नायक पल शाह, साहारा राई र सशी राईको अभिनय रहेको म्युजिक भिडियोमा सत्यराज आचार्य र मेलिना राईको आवाज रहेको छ । दिनेश बान्तवाको संगीत रहेको म्युजिक भिडियो ओएस आर डिजिटलको अफिसिय च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस अघि म्युजिक भिडियोको ट्रेलर मात्र सार्वजनिक गरिएको थियो ।

भुमिसा प्रोडक्सनले निर्माण गरेको भिडियोको निर्देशन जनकदिप पराजुली, छायांकन सागर प्रधान र भिडियोको सम्पादन धुर्बराज पराजुली ‘प्रज्वलित’ ले गरेका हुन् । म्युजिक भिडियो भने धरानकी नृत्य निर्देशक मनिता राईले कोरियोग्राफी गरेका छन ।

धरानलाई आधार बनाएर रचना गरिएको गीतको शब्द अनुसार नै म्युजिक भिडियोको छायांकन गरिएको भुमिसा प्रोड्क्सनका प्रमुख ज्योतिराज राईले जनाए । भिडियोमा अभिनेता पल शाहलाइ अन्य भिडियोमा भन्दा फरक रुपमा प्रस्तुत गरिएको राईले बताए ।

रचनाकार अमर वान्तुले अहिले सम्म दुई दर्जन भन्दा वढि गित रचना गरिसकेका छन् । यस अघि उनले रचेका १५ वटा गीतको म्युजिक भिडियो बनिसकेको छ भने कार्टुन कु्रजले अभिनय गरेको शिल्की शिल्की म्यिुजिक भिडियोको ५० लाख भन्दा वढि युट्युव भ्युवर्स रहेको छ ।