बिहीबार नेपाली आकाशमा उल्का वर्षा देख्न पाइने

Newslaya Home

बिहीबार नेपाली आकाशमा उल्का वर्षा देख्न पाइने

बिहीबार ०९, बैशाख २०७८

काठमाडौं । वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । मौसमले साथ दिएमा यही लाइरिड मिटियोर सावर देख्न पाइने छ । यो वैशाख १० गते बिहान सूर्योदयसम्मको समयसम्म देख्न पाइनेछ । अत्यधिक सक्रियताका समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिने सोसाइटीले जनाएको छ। ‘थ्याचर’ नामक माछापुच्छ्रेले छाडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भइ जलेर नष्ट हुँदा यो उल्का वर्षा देखिने गर्दछ। ‘थ्याचर’ माछापुच्छ्रेताराले सूर्यको एक परिक्रमा गर्न ४१५ वर्ष लगाउँछ।