हतुवागढी कला साहित्यद्धारा खुल्ला कविता र सामुहिक नृत्य प्रतियोगिताको आयोजना

Newslaya Home

हतुवागढी कला साहित्यद्धारा खुल्ला कविता र सामुहिक नृत्य प्रतियोगिताको आयोजना

मङ्गलबार ०७, बैशाख २०७८

हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानले खुल्ला कविता र सामुहिक लोक नृत्य प्रतियोगीताको आयोजना गर्ने भएको छ ।

गत चैत्र २२ गते प्रतिष्ठानले एक सुचना जारी गर्दै खुल्ला कविता र सामुहिक लोक नृत्य प्रतियोगीता बारे जानकारी गराएको हो ।

भोजपुरको हतुवागढी गाउँपालिकामा यही मिति २०७८ बैशाख १८ र १९ गते सम्पन्न हुन लागेको ‘हतुवागढी कला साहित्य तथा साँस्कृतिक महोत्सव–२’ अन्तर्गत खुल्ला कविता र सामुहिक नृत्य प्रतियोगीताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि कुनैपनि शीर्षक वा विषयवस्तुमा कविता लेख्न सकिनेछ । कविता बढिमा २०० शब्दसम्मको हुनुपर्नेछ । प्रतियोगीतामा देशभित्र वा बाहिर बसोबास गरिरहेका कविहरु सहभागी हुनसक्नेछन् ।

सहभागिताको लागि कवितामा आफ्नो ठेगाना र सम्पर्क नम्बर उल्लेख गरी सम्पर्क व्यक्तिहरु ९८६०३५२४९७ (कृपालसिंह राई), ९८६१०१९६८० (लालबहादुर राई), ९८६२१९७०१७ (अर्जुन अपहेलित), ९८५२०५६९०२, ९८१४३०१५६३ (श्रीशीशा राई) लाई बुझाईदिन वा [email protected] मा इमेल गर्न सकिने छ ।

प्राप्त कविताहरुमध्ये पहिलो चरणको मुल्याङकनबाट उत्कृष्ट कविता छनौट गरी महोत्सवमा प्रतियोगीतात्मक वाचनको अवसर दिइने साथै प्रथम, दोस्रो र तेस्रो कवितालाई प्रमाणपत्र सहित क्रमश रु. ६,००० /-, ४,००० /- र २,००० /- नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको लागि उल्लेखित सम्पर्कमा मिति ०७८ बैशाख १२ गते भित्रमा कविता पठाइ सक्नुपर्ने हतुवागढी कला, साहित्य तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष कृपालसिंह राईले जानकारी दिए ।

त्यस्तै सामुहिक लोक नृत्य प्रतियोगिताको लागि एक समुहमा ४ जना भन्दा बढी सहभागी हुन पाउने छन् । नृत्य प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रोलाई क्रमश रु. ९,००० /-, ६,००० /- र ४,००० /- हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरी सम्मान गरिने छ ।